विराटनगर । प्रहरी कर्मचारीहरूमा स्वास्थ्य र अनुशासित जीवनशैलीको विकास गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी गण विराटनगरमा पञ्चदिवसीय (५ दिने) योग विज्ञान शिविर सुरु भएको छ।
कोशी प्रदेश प्रहरी गणको आयोजना तथा पतञ्जलि योग समिति महानगर विराटनगरको सहकार्यमा गणको रानीस्थित तालिम मैदानमा शिविरको शुभारम्भ गरिएको हो। शिविर आगामी बुधबारसम्म सञ्चालन हुनेछ।
एक समारोहका बीच कोशी प्रदेश प्रहरी गणका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रुकेश तण्डुकारले शिविरको औपचारिक उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक तण्डुकार, पतञ्जलि मोरङकी महिला अध्यक्ष सूची चौधरी र महानगर अध्यक्ष माधव अधिकारीले मानव स्वास्थ्य र तनाव व्यवस्थापनमा योगको महत्वमाथि विस्तृत रूपमा चर्चा गरेका िथए ।

पतञ्जलि योग पीठका पदाधिकारी, प्रशिक्षक तथा गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको साे शिविरको पहिलो दिन पतञ्जलिकी महानगर अध्यक्ष कुमारी तामाङले सहभागीहरूलाई योग प्रशिक्षण दिएकी थिइन् ।
पतञ्जलि मोरङका पूर्व अध्यक्ष सुरेश अग्रवालको विशेष समन्वयमा सञ्चालित साे योग शिविरले प्रहरी कर्मचारीहरूलाई शारीरिक तथा मानसिक रूपमा चुस्त राख्दै कार्यक्षेत्रमा थप ऊर्जावान् र अनुशासित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
View : 171
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved