Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

पोखरेलको ‘उर्वरा’ उपन्यासमाथि विमर्श

उद्‌घोष संवाददाता
२७ माघ २०८१, आइतवार

विराटनगर । आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि  शनिबार विराटनगरमा विमर्श गरिएको छ । 

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा समालोचक भूषण ढुंगेलले उर्वरा उपन्यास समसामयिक र यथार्थरक कथावस्तुमा आधारित भएको उल्लेख गरे । ढुंगेलले उपन्यासमा ५०–६० वर्षअघि र अहिलेको समयमा घटित घटना र विषयवस्तुलाई समेट्ने काम गरिएको बताए । 

समीक्षक सुविद गुरागाईले उर्वरा उपन्यास पठनीयमात्रै नभएर संग्रहणीय कृतिका रुपमा आएको चर्चा गरे । कवि सीमा आभासले उपन्यासमा लेखकले धेरै पात्रहरूलाई उभ्याएको बताइन् । 
भाषिक शुद्धतादेखि पुस्तकको आधार, साजसज्जा सबै उत्कृष्ट रहेको उनको भनाइ थियो । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार कविराज न्यौपाने, आयोजक संस्थाका सचिव मीनकुमार नवोदित, साहित्यकार भेषराज पोखरेल, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकार दिनेश पौडेल, कवि चूडामणि नेपाल अकिञ्चनलगायतले उर्वरा उपन्यासमाथि आ–आफ्ना दृष्टिकोण राखेका थिए । 

विमर्शमा लेखक पोखरेलले कल्पनामा भन्दा यथार्थमा रहेर उपन्यास लेख्ने गरेको प्रस्ट पारे । तीसको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशित उर्वराको केही महिनाअघि काठमाडौंमा विमोचन गरिएको थियो ।

पोखरेलको नयाँ बाटो उपन्यास २०३०, सिर्जना २०४० उपन्यास, प्रतिघात २०७८ उपन्यास र बाटो बिराएपछि लेखसंग्रह २०७९ मा प्रकाशित छन् ।

View : 344

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved