विराटनगर । ब्रह्मज्ञानी विश्रामालयमा बिहीबार विशेष भजनकीर्तन तथा ज्येष्ठ नागरिकहरूलाई खीर खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
८५ वर्षीय भरतराज शर्माको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा ६० जनाभन्दा बढी ज्येष्ठ नागरिकहरूको सक्रिय उपस्थिति थियो।
साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई जोड्दै आयोजित कार्यक्रममा प्रस्तुत गरिएको भजनकीर्तनले सिंगो कार्यक्रमस्थललाई भक्तिमय र उल्लासपूर्ण बनाएको थियो। साउन १५ गतेको पूर्वसन्ध्याको अवसर पारेर ज्येष्ठ नागरिकहरूलाई खीर खुवाउँदै उनीहरूप्रतिको सम्मान प्रकट गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार यज्ञ शर्मा, इन्सेकका कोशी प्रदेश प्रमुख मनोहर पोखरेल, प्राडा मीनराज ढकाल, मीना जोशी, विष्णु शर्मा र राजन पौडेललगायत विभिन्न संघसंस्थाका व्यक्तित्व तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको आयोजक गायत्री अर्यालले बताइन्।
कार्यक्रममा बोल्दै नेपाल ग्रामीण विकास समाज केन्द्रका सभापति मणिकुमार अर्यालले ज्येष्ठ नागरिकहरूलाई सम्मान, आत्मीयता र खुसी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
विश्रामालयले नियमित स्वास्थ्य तथा सामाजिक सेवाका साथै सांस्कृतिक परम्पराको जगेर्ना र ज्येष्ठ नागरिकहरूबीच भाइचारा बढाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।
नेपाल ग्रामीण विकास समाज केन्द्रद्वारा विराटनगर–९, कलेज रोडमा सञ्चालित विश्रामालयमा ज्येष्ठ नागरिकहरूका लागि नियमित रूपमा निःशुल्क फिजियोथेरापी सेवा पनि उपलब्ध रहँदै आएको छ।
बिहीबार सम्पन्न साउन १५ विशेष कार्यक्रमले ज्येष्ठ नागरिकहरूमा थप उत्साह, उमङ्ग र आत्मीयता थपेको भरतकुमार लुइँटेलले बताए।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved