Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा साध्वी देवादिातिको भव्य स्वागत तथा सम्मान हुने

उद्‌घोष संवाददाता
९ जेठ २०८३, शनिवार

परिकल्पना गरी कृत्रिम बुद्धिमत्ताको सहयोगमा निर्मित तस्वीर ।

Advertisement

महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय प्रभारी पूज्य साध्वी देवादिातितज्यूको गरिमामय उपस्थितिमा ऐतिहासिक नगरी विराटनगरमा भव्य स्वागत तथा सम्मान कार्यक्रमको आयोजना  आज हुने भएको छ।

आइतबारका दिन विराटनगर–२, तीनपैनीस्थित श्री श्याम मन्दिरमा बिहान ११ बजे उक्त विशेष कार्यक्रम तय गरिएको हो।

महिला पतञ्जली योग समिति महानगर  विराटनगर र महिला पतञ्जली योग समिति मोरङको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा पतञ्जली योग समिति महानगर विराटनगर तथा पतञ्जली योग समिति मोरङको समेत विशेष सक्रियता रहनेछ।

​नेपालमा महिलाहरूलाई योग, आयुर्वेद र सनातन संस्कृतिमा नेतृत्वदायी भूमिका सहित सक्षम बनाउने र गुरु आज्ञाको पालना गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस भव्य कार्यक्रमको तयारी पूरा भएको  पतञ्जली  योग महानगर समिति  विराटनगरका अध्यक्ष माधव अधिकारीले बताए।

कार्यक्रममा सम्पूर्ण योगप्रेमी, साधक तथा सर्वसाधारणलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरिएको अध्यक्ष अधिकारीले बताए।

View : 282

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved