Biratnagar, Morang, Nepal
२६ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सत्यनारायण विद्यालयमा रहेको सरस्वती मन्दिरको जीर्णोद्धार गरी हस्तान्तरण

उद्‌घोष संवाददाता
२६ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–७ स्थित सत्यनारायण आधारभूत विद्यालयको परिसरमा रहेको प्राचीन तथा जीर्ण अवस्थामा पुगेको सरस्वती मन्दिरको सफलतापूर्वक जीर्णोद्धार कार्य सम्पन्न गरिएको छ ।

मर्मतसम्भार तथा पुनर्निर्माण कार्य सकिएसँगै बिहीबार एक विशेष कार्यक्रमका बीच उक्त मन्दिर विद्यालय प्रशासनलाई रेखदेख र संरक्षणको जिम्मेवारीसहित हस्तान्तरण गरिएको हो ।

मन्दिर जीर्णोद्धारको सम्पूर्ण नेतृत्व माहेश्वरी महिला मञ्च, विराटनगरले लिएको थियो । हस्तान्तरण कार्यक्रम हुनुअघि मञ्चकी संस्थापक अध्यक्ष गोमतीदेवी राठीले धार्मिक विधिअनुसार माता सरस्वतीको पूजा-अर्चना गरेकी थिइन् ।

मञ्चका अनुसार जीर्णोद्धारको अधिकांश कार्य सम्पन्न भइसकेको छ भने मन्दिरको वरिपरि रेलिङ हाल्ने र रङरोगन गर्ने जस्ता सामान्य कामहरू आगामी केहि दिन हरु भित्रै पूरा गरिने योजना छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै माहेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजूले आफ्नो सन् २०२४–२०२६ को कार्यकालमा एउटा सरस्वती मन्दिर निर्माण वा जीर्णोद्धार गर्ने संकल्प लिएको र आज त्यो सपना साकार भएको बताइन् ।

कार्यसमितिको यो 'ड्रिम प्रोजेक्ट' सफल पार्न महत्वपूर्ण सहयोग पुर्‍याएकोमा उनले वरिष्ठ समाजसेवी वेणीगोपाल मून्दडालाई विशेष धन्यवाद समेत ज्ञापन गरिन् । अब मन्दिरको रेखदेख र पूर्ण सुरक्षाको जिम्मा विद्यालयले नै निभाउने उनले विश्वास व्यक्त गरिन् ।

उक्त मन्दिर हस्तान्तरण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूका साथै सत्यनारायण आधारभूत विद्यालयकी प्रधानाध्यापक (प्राचार्य) रेखा शर्मा पराजुली लगायतको उपस्थिति रहेको थियो ।

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved