Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

दिव्य ज्योती अस्पताल लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको सुजुकी भ्यानबाट ६० किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार गए राति करिब ११ बजेको समयमा सशस्त्र प्रहरी बलको बीओपी दरैयाबाट खटिएको टोलीले कोलर चोकमा को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर जाँच गर्न खोजेको थियो । 

प्रहरी टोलीले भ्यान रोकेर जाँच गर्न खोजेपछि चालक भने गाडी छाडेर फरार भएका थिए । त्यसपछि सशस्त्र प्रहरीले भ्यानको खानतलासी गर्दा दुई बोरामा राखिएको ६० किलो लागुऔषध गाँजा फेला पारेको जनाइएको छ ।

बरामद गाँजा र गाँजा ओसारपसारमा प्रयोग भएको भ्यानलाई सशस्त्र प्रहरीको बीओपी दरैयामा ल्याएर राखिएको जनाएको छ ।

चालक फरार रहेकाले उनको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको लागुऔषध तथा भ्यानलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

घटनाबारे थप अनुसन्धानपछि गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी थियो तथा यसमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषय खुल्ने प्रहरीले जनाएको छ ।

View : 35

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved