विराटनगर । अभिभावकहरूलाई सद्भावना दूत बनाउँदै आएको कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
मोरङको बुढीगंगामा रहेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले सोमवार अभिभावकहरूसँग अन्तक्र्रिया गर्दै ईन्जिनियरिङ संकायको स्नातक तहको प्रथम समेष्टर पूरा गरेका ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सिभिल र ईलेक्ट्रिक ईन्जिनियरिङ्ग अध्ययनरत प्रथम सेमेष्टरका ११ जना छात्रछात्रालाई डिन डा रेखा श्रेष्ठले जनही ७५ र २५ हजारका विभिन्न छात्रवृत्ति प्रदान गरिन् ।
उनले अभिभावकको गुनासो तथा सुझावलाई सुनेर तत्काल समाधान खोज्न सँगसँगै राखेर अन्तक्र्रिया गर्दै छात्रवृत्ति प्रदान गर्ने गरेको र हरेक वर्ष निरन्तरता दिइरहेको बताइन् ।
सिभिल ईन्जिनियरिङ विभागका प्रमुख ईन्जिनियर ओमनारायण चौधरीले राम्रो विषय अध्यन गर्न चाहने विद्यार्थीहरूलाई विश्वविद्यालयले प्रदान गर्ने गरेको छात्रवृत्तिलाई निरन्तरता दिने बताए ।
अभिभावकहरू दिवाकर पौडेल र शर्मिला भट्टराईले आफ्नै प्रदेशको विश्वविद्यालयमा छोराछोरीलाई कम खर्चमा गुणस्तरीय पठनपाठन गराउन पाएकोमा धन्यवाद दिदै नियमित बोलाएर पढाइको अवस्था जानकारी गराउँदै सुझाव लिने कार्य सह्रानीय भएको बताए ।
कोशी प्रदेश सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयले अभिभावकहरूलाई सद्भावना दूत घोषणा गरी विश्वविद्यालयको पठनपाठनको गुणस्तर र अनुभवबारे प्रचार–प्रसार गराउँदै आएको छ ।
विद्यार्थीहरुलाई हरेक वर्ष २७ लाख विभिन्न प्रकारको छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
ईन्जिनियरिङ संकायको डिन कार्यालयका प्रशासन प्रमुख महेश राईका अनुसार विश्वविद्यालयमा भर्ना हुने, परीक्षा पास गर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको कार्यक्रममा कम्तिमा एक जना अभिभावकको अनिवार्य उपस्थिति रहने व्यवस्था गरिएको छ ।
मनमोहनमा हरेक सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई नियमित छात्रवृत्ति दिइन्छ । अनुसन्धानमा सहभागी हुने विद्यार्थीहरूलाई पनि छात्रवृत्तिबाट प्रोत्साहन गर्ने गरिएको छ ।
View : 86
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved