विराटनगर । १९ बर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ‘अस स्टडिज’ ले विराटनगरमा शाखा विस्तार गरेको छ । सोमबार विराटनगर–९ कलेज रोडमा शाखा उद्घाटन गरिएको हो ।
अन्तर्राष्ट्रिय जगतमा लामो समयदेखि शैक्षिक परामर्श प्रदान गरिरहेको अस स्टडिजले अष्टे«लियामा मात्रै १४ हजार बढी विद्यार्थी पठाइसकेको दाबी गरेको छ ।
काठमाडौं कार्यालयका निर्देशक नवराज अधिकारीले अष्ट्रेलियासहित न्यूजिल्याण्ड, बेलायत, अमेरिका, क्यानडा र युरोपका अन्य देश जान चाहने विद्यार्थीहरूलाई विश्वासिलो वातावरणमा शैक्षिक परामर्श प्रदान गर्दै आएको बताए ।
उनले सोही विश्वासका कारण काठमाडौंसहित ललितपुर, बनेपा र बुटवलपछि विराटनगरमा शाखा विस्तार गरिएको जानकारी दिए ।
अष्ट्रेलियामा मात्रै २० वटा बढी विश्वविद्यालयसँग जोडिएर विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्राप्त गर्न सहयोग गरिरहेको उनले बताए ।
विराटनगर शाखाका निर्देशक बुद्ध लामा र प्रतीक गुरुङले नेपालमा काम गरिरहेका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरू मध्ये अस स्टडिजले अब अझ विश्वासिलो वातावरणमा परामर्श प्रदान गर्ने जानकारी दिए ।
उनीहरूले चाँडै नै भियतनाम, चीन र भारतका विश्वविद्यालय अन्तरगत पनि सेवा सुरु गर्न लागिएको बताए ।
View : 107
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved