Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

हावाहुरीले उदयपुरमा ३९ लाखको क्षति, चट्याङ लागेर एकको मृत्यु

उद्‌घोष संवाददाता
६ जेठ २०८१, आइतवार

विराटनगर । आइतबार विहान करीव १ बजे आएको हावाहुरीले उदयपुरमा ३९ लाख रुपैयाँ बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हावाहुरीले ५० जनाको घर गोठको छानो उडाउँदा ३९ लाख ११ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

हावाहुरीले मानवीय तथा पशुचौपायामा भने कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकाभित्रै क्षति गरेको हो । त्रियुगा–८ का बाघचौरीकी सुर्यदेवी कार्कीको घरको छानो उडाउँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

वडा नं. ६ का त्रिभुलाल विश्वकर्माको घरको छानो उडाउँदा एक लाख, बद्रिबहादुर पाण्डेको एक लाख, त्रियुगा–१३ का रुपबहादुर बस्नेतको एक लाख ५० हजार, सोही ठाउँका लक्ष्मी बुढाथोकीको च्याउखेती गरिएको घरको छानो उडाउँदा एक लाख ५० हजार, तोयानाथ धमलाको एक लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

त्रियुगा–७ का भाण्टाबारीका दिपेश कार्की ढोलीको दुई लाख ७५ हजार, हरिनारायण चौधरीको तीन लाख, हेमबहादुर राईको दुई लाख, त्रियुगा–८ का सीता भट्टराईको दुई लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

त्रियुगा–८ कै सुर्यदेवी कार्कीको तीन लाख, कमलबहादुर खत्रीको एक लाख, सुमित्रा खत्रीको ६० हजार, विमला पाण्डेको ७० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

हावाहुरीले विद्युत पोल ढाल्दा मदन भण्डारी राजमार्ग अन्तरगत गाईघाट–नेपालटार खण्ड समेत अवरुद्ध भएको थियो । त्यसैगरी गरी विभिन्न ठाउँमा पोल ढल्दा दिनभर जसो विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटले जनाएको छ ।

यसैबीच हावाहुरीसँगै परेको चट्याङ लागेर रौतामाई गाउँपालिका–७ का ५३ वर्षीया चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

View : 581

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved