Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एक महिनापछि कोशी प्रदेशसभाको बैठक बस्दै

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२औँ बैठक एक महिनापछि आज (बिहीबार) बस्दैछ । गत भदौ २२ मा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक बिहीबारका लागि बोलाइएको हो । 

प्रदेशसभा सचिव सुदर्शन खड्काले प्रदेशसभा नियमावली २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशअनुसार बैठक बस्ने जानकारी गराएका हुन् ।

आजको बैठकमा बैठकमा शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकले जवाफ दिने कार्यसूची रहेको छ ।

त्यसैगरी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । 

यससँगै लामो समयदेखि प्रदेशसभामा विचाराधीन रहेको यो विधेयकलाई समितिमा पठाएर दफावार छलफल अघि बढ्ने छ ।

View : 72

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved