Biratnagar, Morang, Nepal
२० असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

टेलिभिजन रिपोर्टिङ प्रतियोगिता

उद्‌घोष संवाददाता
१९ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाल फोटो पत्रकार महासंघको संयोजन र जीवन विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा भएको प्रशिक्षणमा टेलिभिजन रिपोर्टिङ प्रतियोगिता गराइएको छ ।

जीवन विकास समाज कटहरी मोरङको भवनमा सञ्चालित १७ दिने पत्रकारिता तथा आमसञ्चार तालिममा सहभागी १३ मध्ये उत्कृष्ट टेलिभिजन रिपोर्ट बनाउने मोरङ जहदाका विकास मण्डल प्रथम भएका छन् । 

यस्तै सुनसरी इनरुवा निवासी प्रीति कुशवाह दोस्रो, मोरङ रंगेलीका जयन्त मण्डल, पवन मण्डल र आतिश मण्डल क्रमश तेस्रो, चौथो र पाँचौ भएका छन् ।

तालिम समापनका क्रममा बिहीबार उनीहरूलाई पूर्वसांसद तथा जीवन विकासका संस्थापक योगेन्द्र मण्डल, लघुवित्तका नायव प्रमुख कार्यकारी प्रमुख दामोदर रेग्मीलगायतले पुरस्कृत गरे ।

सो अवसरमा मण्डलले लोकतन्त्र दिगो बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । समाजका हरेक क्षेत्रलाई सही तरिकाले निगरानी गर्न उनले  प्रशिक्षार्थीहरूलाई सुझाव दिए ।

फोटो पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष वेदराज पौडेलले पत्रकारिता कहिल्यै सिकेर नसकिने भएकाले हरेक सञ्चारकर्मी सधैँ उत्सुक हुनुपर्ने बताए । पत्रकारिताको अनुभव नै नभएका युवाहरूलाई आधारभूत पत्रकारिता, टेलिभिजन, मोबाइल, रिपोर्टिङ, सम्पादन, लेखन सम्बन्धीको प्रशिक्षण दिइएको थियो ।

View : 424

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved