Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

उद्‌घोष संवाददाता
७ साउन २०८१, सोमवार

सांकेतिक तस्वीर ।

विराटनगर । सुनसरी र मोरङमा दुई बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवको ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

त्यसैगरी आइतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी ७ वर्षीया छोरी विविशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनाको प्रहरीले अनुसन्धान समेत गरिरहेको जनाइएको छ ।

View : 463

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved