Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको ऐतिहासिक आदर्श पुस्तकालयमा चोरी

उद्‌घोष संवाददाता
१३ वैशाख २०८३, आइतवार

फाइल तस्वीर

Advertisement

विराटनगर । विराटनगरको ऐतिहासिक पहिचान बोकेको आदर्श पुस्तकालयमा चोरी भएको छ ।

पुस्तकालयमा जडान गरिएको विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) सञ्चालनका लागि राखिएका इन्भर्टरका दुई थान ब्याट्री चोरी भएका हुन्।

रोटरी क्लब विराटनगरद्वारा सञ्चालित यस पुस्तकालयलाई आधुनिकीकरण गर्ने क्रममा हालै ई–लाइब्रेरी सेवा सुरु गरिएको थियो ।

विद्युत् आपूर्ति बन्द भएको समयमा पनि पाठकहरूलाई सहज सेवा प्रदान गर्न इन्भर्टर र ब्याट्रीको व्यवस्था गरिएको थियो। अज्ञात समूहले करिब ६० हजार रुपैयाँ बराबरका दुई थान ब्याट्री चोरी गरेको रोटरी क्लब विराटनगरका अध्यक्ष ठाकुरप्रसाद (टीपी) आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यका अनुसार केही वर्षअघि रोटरी क्लबको कार्यालयमा पनि यस्तै प्रकृतिको चोरी भएको थियो। पछिल्लो घटनाका सम्बन्धमा प्रहरीलाई तत्काल जानकारी गराइएको भए तापनि हालसम्म संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

View : 298

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved