काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएका खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो ।
क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए ।
क्रोएसियाका लागि पेटार सुचिचले ३१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ७३औँ मिनेटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए । त्यसपछि ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्त्वपूर्ण जित दिलाए ।
यस्तै, समूहको अर्को खेलमा इङ्गल्याण्डले पानामालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे ।
View : 75
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved