Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

व्यवस्थापनले बिना कारण निकालेको कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठको आरोप

उद्‌घोष संवाददाता
२१ साउन २०८१, सोमवार

विराटनगर, २१ साउन । विराटनगरको कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले कलेज व्यवस्थापनले आफूलाई बिनाकारण निकालेको भन्दै कलेजकै गेटमा विरोध जनाएका छन् । सोमबार बिहान कलेज गएका प्रिन्सिपल श्रेष्ठलाई सञ्चालकहरूले आउन नदिनु भन्ने आदेश दिएको भन्दै गेटमा बसेका सुरक्षागार्डहरूले रोकेका थिए । 

कलेज प्रवेशमा रोक लागेपछि प्रिन्सिपल श्रेष्ठले गेटमै विरोध प्रदर्शन गरेका थिए । उनको विरोधमा विद्यार्थीहरूले समेत साथ दिएका थिए । कलेजका सञ्चालकहरूले आफूलाई निकालिएको पत्र समेत नदिई आफ्नो लगानी पनि खाइदिन लागेको भन्दै आपत्ति जनाए ।

एक सय विद्यार्थी भएको बेलामा आफूले कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हालेको र अहिले चार सय बढि विद्यार्थी भर्ना भइसकेपछि कलेज नाफामा जान थालेर सञ्चालकहरूले आफूलाई नियतबस निष्कासन गरेको दाबी गरे । कलेजमा शेयर दिने भनेपछि आफूले अहिलेसम्म २५ लाख रुपैयाँ लगानी गरेको बताए । तर आफ्नो उक्त लगानी समेत अलपत्र परेको उनले बताए ।

पहिले यहाँ एक सय जना विद्यार्थीहरू थिए, मैले चार सय पुर्‍याइदिए, विद्यार्थी बढेपछि नाफा आफु मात्रै खाने भनेर उनीहरूले षड्यन्त्र गरेका हुन्’ श्रेष्ठले भने, ‘मैले पनि पाँच लाख रुपैयाँ प्रिया सारडाको छोराको नाममा दिएको छु, मैले जम्मा २५ लाख दिएको छु तर पनि मलाई शेयर दिएनन् ।’

कलेजमा अहिले दुईवटा प्रिन्सिपल रहेको बताए । एउटा आफू र अर्को प्रदीप सारडाको श्रीमती प्रिया सारडा प्रिन्सिपल भएको भन्दै दुईजना प्रिन्सिपल हुनै नसक्ने बताए । विगतमा पनि व्यवस्थापनले दुईजना प्रिन्सिपललाई अपमानजनक रुपमा निस्कासन गरेको आरोप लगाए ।

प्रिन्सिपल श्रेष्ठलाई निकालिएपछि विद्यार्थीहरूले उनको पक्षमा नाराबाजी समेत गरेका थिए । कलेज प्रशासनसँग यस विषयमा सञ्चारकर्मीहरूले जानकारी लिन खोज्दा मुल गेटमा खटाइएका सुरक्षागार्डहरूले उनीहरूलाई भेट्न दिएनन् ।

View : 820

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved