Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीबीएमको विदाइ

उद्‌घोष संवाददाता
२० भदौ २०८१, बिहिवार

Advertisement

विराटनगर । महेन्द्र मोरङ क्याम्फसको बीबीएम कार्यक्रमको दोस्रो ब्याच (छिमल) का विद्यार्थीलाई तेस्रो ब्याचका विद्यार्थीले बुधबार सांस्कृतिक कार्यत्रमसहित विदाइ गरेका छन् ।

कार्यक्रममा क्याम्पस प्रमुख डा रामावतार शरण, सहायक प्रमुख उमेशप्रसाद यादव, पूर्व प्रमुख डा बाबुराम तिमल्सेना, व्यवस्थापन संकाय आन्तरिक विशेष कार्यक्रमका निर्देशक मोहनकुमार श्रेष्ठ, उपनिर्देशक इन्द्रनारायण देव, सीताराम चम्लागाई लगायतले मन्तव्य राखेका थिए । 

महेन्द्र मोरङमा व्यवस्थापन संकाय अन्तर्गर्त बीबीएम कार्यक्रम २०७५ सालदेखि सुरु भएको हो । बीबीएम अध्ययन चार वर्ष (आठ सेमेस्टर) मा सकिन्छ ।

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved