Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो–२०२५

एनपीएलको ‘चङ्खे’ रोबोट विराट एक्स्पोमा

उद्‌घोष संवाददाता
१५ पुष २०८२, मङ्गलवार

विराटनगर । विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा भर्खरैमात्रै त्रिवि क्रिकेट मैदानमा देखिएको चङ्खे नामको रोबोटमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । 

एनपीएललाई स्पन्सर गरेको ईभी कम्पनी ओमोडाले चङ्खेलाई आफ्नो अटो स्टलमा प्रदर्शन गर्दै आएको छ ।

सारडा ग्रुप अन्तरगतको ओमोडा ब्राण्डका ईभी गाडी राखिएको स्टलमा चङ्खेलाई हेर्न सकिने जनाइएको छ ।

उक्त कम्पनीले स्टलमा चङ्खेसहित ओमोडा ई–५, जेको जे–५, जेको जे–६, आइकार भी–२३ सहित निसास ब्राण्डको म्याग्नाइट र जिकर ब्राण्डको जिकर एक्स गाडी प्रदर्शन र विक्री वितरणका लागि राखेको छ ।

कम्पनीका सहायक म्यानेजर शम्भु पौडेलले अटो स्टलमा चङ्खेसहित विभिन्न मोडलका गाडीहरू राखिएको जानकारी दिए । 

उनले ओमोडा कम्पनीले दोस्रो सिजनको एनपीएल समाप्त हुँदा राष्ट्रिय टिमका समेत कप्तान रहेका चितवन राइनोजका कप्तान रोहित पौडेललाई प्लेयर अफ दि सिरिज टाइटलसहित ६२ लाख रुपैयाँ पर्ने ओमोडा ई–५ प्रदान गरेको बताए ।

कम्पनीले एनपिएलको समापनसँगै त्यहाँ प्रदर्शन गरिएको चङ्खे रोबोटलाई एक्स्पोमा प्रदर्शन गरिरहेको र धेरैले रुचिका साथ अवलोकन गरेको जनाएको छ ।

चङ्खेलाई ओमोडाले भावी पुस्ताका लागि स्वाचालिक इभी निर्माणको सन्देश दिन प्रवद्र्धन गर्दै आएको जनाइएको छ ।

यो रोबोट अगाडि हेरेर आफैं हिंड्ने, दैडिने, आवाज निकाल्ने र हात मिलाउने लगायतका गतिविधि स्वाचालित रुपमा गर्न सफल छ । 

‘अहिलेको समय प्रविधिको विकासमा अडिएको छ, त्यसैको एउटा उदाहरण ओमोडाले चङ्खे रोबोटको माध्यमबाट प्रस्तुत गरिरहेको छ’ पौडेलले भने, ‘यसले अटो ड्राइभमा एउटा भविष्यको संकेत गरिरहेको छ, जसलाई ओमोडाले अघि बढाइरहेको छ ।'

View : 160

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved