विराटनगर । न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी हस्पिटलले भारतको बिहारस्थित सुपौल जिल्लाको छातापुरमा विशेष स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूले विभिन्न स्वास्थ्य समस्या, तिनका लक्षण तथा समयमै अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए ।
कार्यक्रममा वरिष्ठ विशेषज्ञ न्यूरो सर्जन डा. सुनिलकुमार दास, वरिष्ठ विशेषज्ञ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. भुवनेश्वर यादव तथा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आशीषराज बिष्टले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी दिँदै सहभागीलाई सचेत गराएका थिए ।
नेपाल र भारतका विभिन्न क्षेत्रमा स्वास्थ्य सचेतना पुर्याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारका लागि महत्वपूर्ण भूमिका खेल्ने अस्पतालले जनाएको छ ।
View : 24
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved