Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पूर्वाञ्चल विश्वविद्यालयको उत्पादनमुखी अभ्यास

तोरी बिक्रीमार्फत आत्मनिर्भर शिक्षाको उदाहरण प्रस्तुत गर्दै पूर्वाञ्चल विश्वविद्यालय

तोरी विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा जीपीकारमा अध्ययनरत विद्यार्थीहरूका लागि बिक्रीमा राखिएको छ। तोरीको मूल्य प्रति मन (४० केजी) को  ४ हजार ५ सय रुपैयाँ तोकिएको छ। पहिलो चरणमा विश्वविद्यालय परिवारलाई प्राथमिकता दिँदै एक व्यक्तिले एक मनसम्म तोरी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
उद्‌घोष संवाददाता
७ माघ २०८२, बुधवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले आत्मनिर्भर तथा उत्पादनमुखी शिक्षाको अवधारणालाई व्यवहारमा उतार्दै आफ्नै परिसरमा उत्पादन गरिएको तोरी बिक्री–वितरण सुरु गरेको छ।

विश्वविद्यालय अन्तर्गत गोठगाउँस्थित गिरिजाप्रसाद कोइराला कृषि तथा अनुसन्धान केन्द्र कलेज  (जीपीकार)  मा शैक्षिक अभ्यासका क्रममा उत्पादन गरिएको तोरी बिक्रीका लागि वरिष्ठ प्राविधिक अधिकृत देवीप्रसाद कट्टेलले मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएका हुन्।

सूचनाअनुसार तोरी विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा जीपीकारमा अध्ययनरत विद्यार्थीहरूका लागि बिक्रीमा राखिएको छ। तोरीको मूल्य प्रति मन (४० केजी) को  ४ हजार ५ सय रुपैयाँ तोकिएको छ। पहिलो चरणमा विश्वविद्यालय परिवारलाई प्राथमिकता दिँदै एक व्यक्तिले एक मनसम्म तोरी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

इच्छुक व्यक्तिले कलेज प्रशासनसँग समन्वय गरी नाम दर्ता पश्चात कलेजको बैंक खातामा रकम जम्मा गरेर तोरी खरिद गर्न सक्ने सूचनामा उल्लेख छ।

कृषि शिक्षालाई कक्षाकोठाभित्र सीमित नराखी उत्पादन, उपभोग र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले यो अभ्यास सुरु गरिएको विश्वविद्यालयको भनाइ छ। यसबाट विद्यार्थीहरूमा व्यवहारिक सीप, व्यावसायिक सोच र आत्मनिर्भर बन्ने आधार तयार हुने अपेक्षा गरिएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको यो पहलले उत्पादनमुखी शिक्षा र आत्मनिर्भर शिक्षाको प्रभावकारी नमूना प्रस्तुत गरेको सरोकारवालाहरू बताउँछन्।

View : 278

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved