सुनसरी । दमक भेट्रान क्लबले छै६ौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको उद्घाटन खेलमा दमक भेट्रानले धरान भेट्रान क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । दमकका लागि तेजेन्द्र श्रेष्ठले १ गोल गरे ।
दमकले धरानबाट थप १ गोल आत्माघाती उपहार पाएको थियो ।
उद्घाटन खेलको उत्कृष्ट खेलाडीमा दमकका गोलरक्षक पंकज केसी घोषित भए । उनले धरानको आधा दर्जन प्रहारलाई बिफल बनाएका थिए ।
सोमबारको दोस्रो क्वाटरफाइनल खेल पथरी भेट्रान र मिल्स भेट्रान विराटनगरबीच प्रतिष्पर्धा हुने आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जनाएको छ ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ वटा टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ ।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved