Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

इटहरीमा ३ दिने अन्तरदेशीय नाटक महोत्सव आयोजना हुने

उद्‌घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

सुनसरी : इटहरीमा ३ दिने अन्तरदेशीय नाटक महोत्सव आयोजना हुने भएको छ । कात्तिक १९ गते देखी २१ गते सम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुने आयोजक कलालय इटहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरुले नाटक प्रस्तुत गर्नेछन् । ३ दिन सम्म चल्ने महोत्सवमा भारतको पश्चिम बंगाल सहित नेपालका बिभिन्न संस्थाको ४ वटा नाटक मञ्चन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । 

नेपालको तर्फबाट कलालय इटहरीले ‘सत्रु’, कदम थियटर दमकले ‘जयमाया आफु मात्रै लिखापानी आईपुगी’ र आरोहण गुरुकुल विराटनगरले नाटक नेता जी मञ्चन गर्ने छ । 

पश्चिम बंगाल भारतबाट आएको संस्थाले एक टु अगुन्डे प्रर्दशन गर्ने अध्यक्ष जयन्तीले बताए । यसअघि कलालय इटहरीकै आयोजनामा कोभिड १९ को संक्रमण अघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । 

त्यस बेला पनि नेपाल र भारतका एक एक नाटक मञ्चन गरिएको थियो । प्रत्येक बर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोझिड १९ को संक्रमणका कारण लामो समय कार्यत्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीले बताए । 

अर्न्तराष्ट्रिय स्तरकै नाटक महोत्व आयोजना गर्ने योजना रहेको जनाउदै अहिले दुई देशका नाटक मञ्चन हुादै आएको भएपनि आगामी बर्ष अन्य देशका नाटकहरुलाई पनि समावेश गर्दै जाने योजना रहेको आयोजक कलालयले जनाएको छ । 

बंगलादेशका विभिन्न रंगकर्मीहरुसाग यस विषयमा छलफल भईरहेको र आगामी बर्ष देखी समावेश गर्ने तयारी रहेको अध्यक्ष जयन्तीले बताए ।

View : 280

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved