Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

महानगरका माछा मासु पसलको अनुगमन

उद्‌घोष संवाददाता
१६ साउन २०८२, शुक्रवार

विराटनगर । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । 

महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । 

विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो खसीको चिन्ह नभएको (बाख्री)को मासु बरामद गरी नष्ट गरिएको शाखा संयोजक यादवले जानकारी दिए । 

त्यस्तै विराटनगर–९ मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर–११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

उनीहरुको पसलमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए । 

अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

View : 593

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved