Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

न्यानो कपडा वितरण

उद्‌घोष संवाददाता
३ पुष २०८०, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सुनसरीको इनरूवा नगरपालिका–९ स्थित अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा आयोजना गरिएको एक कार्यक्रममा अल्पसंख्यक समुदायका ४० घर–परिवारहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाको उपस्थितिमा भएको सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बाँस्तोला, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी लगायतको  उपस्थिति थियो ।

View : 632

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved