विराटनगर । चार दिनदेखि हराइरहेकी मोरङको उर्लाबारी नगरपालिका –१ लक्ष्मीझारकी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ ।
लिम्बूको शव मंगलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
स्थानीयका अनुसार शव सड्ने अवस्थामा पुगेको र फुलिएको थियो । मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमानले गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 166
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved