इलाम । एमफिल तहको अध्ययनलाई थप व्यवस्थित र अनुसन्धानमूलक बनाउने उद्देश्यले इलामको कन्याममा एक दिवसीय प्रोजेक्ट वर्क अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को पीएचडी तथा एमफिल कार्यक्रमको आयोजनामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एमफिल २०२५ ब्याचका दोस्रो सेमेस्टरका विद्यार्थीहरूलाई वित्तशास्त्र विषयमा सहजीकरण गर्दै विषय विज्ञ प्राडा राधेश्याम प्रधानले प्रोजेक्ट वर्क रिपोर्ट लेखनका सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
दोस्रो सेमेस्टरको अन्त्यमा विद्यार्थीहरूले अनिवार्य रूपमा तयार गर्नुपर्ने प्रोजेक्ट वर्क प्रतिवेदनलाई उच्च गुणस्तरीय र प्राज्ञिक बनाउनका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई अनुसन्धानको विधि र प्रतिवेदन लेखनमा आउने जटिलताका बारेमा स्पष्ट पारिएको एमफिल तथा पीएचडी कार्यक्रमका निर्देशक प्राडा जीवनकुमार ढकालले बताए ।
सो अवसरमा बोल्दै प्राडा प्रधानले एमफिलको पठनपाठनमा पूर्वाञ्चल विश्वविद्यालयले निकै महत्व दिएको चर्चा गर्दै, यस प्रकारको अभ्यासले आगामी दिनमा पीएचडी (विद्यावारिधि) अध्ययनलाई थप सहज र उत्कृष्ट बनाउन मद्दत पु र्याउने बताए ।
साथै, हाल सीमित सिट संख्याका लागि पीएचडी भर्ना प्रक्रियासमेत खुला भइसकेको जानकारी दिइएको थियो ।
उल्लेखनीय छ कि पूर्वाञ्चल विश्वविद्यालयमा हाल व्यवस्थापन संकायमा मात्र एमफिल तथा पीएचडी कार्यक्रम सञ्चालित छन् ।
यसै वर्ष विश्वविद्यालयबाट टीकाराम राईले विद्यावारिधि उपाधि ग्रहण गरेपछि यस कार्यक्रमको मात्र नभई समग्र पूर्वाञ्चल विश्वविद्यालयकै गरिमा थप उच्च भएको छ ।
प्रोजेक्ट वर्कलाई केवल एक शैक्षिक आवश्यकताका रूपमा मात्र नभई भावी अनुसन्धानको बलियो जगका रूपमा लिनुपर्नेमा जोड दिंदै कार्यक्रम समापन गरिएको थियो ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved