Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लवद्वारा बृद्धाश्रमलाई ३ लाख सहयोग

उद्‌घोष संवाददाता
२ वैशाख २०८१, आइतवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चोकस्थित महिला जागृती बृद्धाश्रमको भवन निर्माणका लागि लायन्स क्लब अफ विराटनगरले तीन लाख रुपैयाँ नगद प्रदान गरेको छ । नयाँ वर्ष २०८१ को अवसरमा लायन्स क्लबले बृद्धाश्रमलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री समेत सहयोग स्वरुप प्रदान गरेको जनाइएको छ ।

बृद्धाश्रमलाई क्लबका विजय मुरारकाले ५० हजार, सुप्रिम रेग्मीले ५० हजार, हेमन्त मारुले २५ हजार, निर्मल दाहालले २५ हजार, प्रकाशभक्त जोशीले २५ हजार र नरसिंह अग्रवालले २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । 

त्यसैगरी सुवाश अग्रवालले १५ हजार, विजय लुनियाले १५ हजार, पारस सञ्चेती १५ हजार, मनोज लालवानी १५ हजार, राजेश लखौटिया ११ हजार, नितेश सारडा ११ हजार, शम्भु अटल ११ हजार, सुनिल विरला ११ हजार र जुगलकिशोर राठीले ५० बोरा सिमेन्ट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

क्लबका प्रथम उपाध्यक्ष निर्मल दाहालको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा लायन्सका पूर्वगभर्नरद्वय रेवतबहादुर कार्की र फुलकुमार लालवानी लगायतको उपस्थिति रहेको थियो ।

View : 480

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved