Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पुस्तक व्यवसायीद्वारा बाढीपीडितलाई सहयोग

उद्‌घोष संवाददाता
४ असोज २०८३, आइतवार

Advertisement

विराटनगर ।  नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघ मोरङलेरसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोट र रसुवाका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूलाई तत्काल राहत पु¥याउने उद्देश्यले ७९ हजार २५५  सहयोग उपलब्ध गराएको छ ।

सो रकम सिधै जिल्ला शाखा नुवाकोटको बैंक खातामा जम्मा गरिएको जिल्ला सचिव माधवप्रसाद बरालले जानकारी दिए ।


मोरङ अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा उर्लाबारीमा बसेको बैठकले बाढीपीडित व्यवसायीलाई राहत सहयोग गर्नेसँगै संस्थागत विकासका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।


बैठकले जिल्ला कार्यसमितिमा रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्तिसमेत गरेको छ ।

जसअनुसार द्वितीय उपाध्यक्षमा इकाई नम्बर २ का अध्यक्ष नरेन राया र लेखा संयोजकमा इकाई नम्बर ३ का अध्यक्ष तुलसीराम खनाल नियुक्त भएका छन् ।

सल्लाहकार समितिको संयोजकमा निवर्तमान कोशी प्रदेश सचिव एवं मोरङका पूर्व अध्यक्ष दिवाकर भट्टराई चयन भएका छन् भने सल्लाहकारहरूमा गङ्गाधर मैनाली, मिलन लम्साल, सन्तोष सिग्देल, सन्तोष दाहाल र चुडामणि घिमिरे मनोनित भएका छन् ।


महासङ्घका कोशी प्रदेश अध्यक्ष माधव अधिकारी, प्रदेश सदस्य एवं जिल्ला उपाध्यक्ष यतिराज पोखरेल र जिल्ला कोषाध्यक्ष प्रमोद विश्वास लगायतको उपस्थितिमा सम्पन्न उक्त बैठकमा राहत अभियानका अन्य विवरणबारे पनि चर्चा गरिएको थियो ।


सो अवसरमा बोल्दै प्रदेश अध्यक्ष माधव अधिकारीले महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ लाख ११ हजार  दाखिला गरिसकेको जानकारी दिए ।

साथै सुनसरी जिल्ला शाखाले रु १ लाख ११ हजार राहत कोषमा जम्मा गरिसकेको र झापाका व्यवसायीहरूले व्यक्तिगत तथा संस्थागत रूपमा करिब  १ लाख ५० हजार राहत कोषमा पठाइसकेको जानकारी झापा जिल्ला अध्यक्ष विनोद सापकोटाले दिएको अध्यक्ष अधिकारीले बताए ।

View : 93

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved