Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बुढीगङ्गामा १०२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

Advertisement


विराटनगर ।  मोरङको बुढीगङ्गा नगरपालिकाको हात्तीचोकमा बुधबार आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा एक सय दुई जनाले स्वास्थ्य सेवा पाएका छन्।

'घरदैलौमा चिकित्सक' (डक्टर्स अन डोर्स) नामक घुम्ती स्वास्थ्य परीक्षण परियोजना 'आरोग्य' अन्तर्गत सञ्चालित यो शिविर लायन्स र लियो क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो। शिविरमा ४० वर्ष माथिका नागरिकका लागि निःशुल्क उच्च रक्तचाप र मधुमेह जाँच तथा सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो।

लियो क्लबका डा. सुभमकुमार अग्रवालले यस शिविरको मुख्य उद्देश्य हात्तीचोक क्षेत्रमा रहेका मधुमेह र उच्च रक्तचापका बिरामीहरूको पहिचान गर्नु र यसबारे जनचेतना फैलाउनु रहेको बताए। शिविरमा अत्याधुनिक उपकरणको प्रयोग गरी बिरामीहरूको रक्तचाप र मधुमेह जाँच गरिएको थियो।

लायन्स क्लबका डा. भरतमणि पोखरेलले भने, "खोजीखोजीमा फेला परेकाहरूलाई उपचार गर्नु र निःशुल्क सेवा पाएर उनीहरूको आशीर्वाद पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो।"

शिविर पछि स्थानीय बासिन्दाहरू खुसी देखिएका थिए।

 

View : 273

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved