काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तामाझ फेमली पेयरिङको नयाँ विशेषतायुक्त फिचर सुरु गरेको छ । नेपाली किशोरकिशोरीलाई लक्षित गरी टिकटकले फेमली पेयरिङको विशेषता थप गरेको हो ।
यो सेवाका कारण अब किशोरकिशोरीले अभिभावकको एकाउन्टसँग जोडिएर सुरक्षित टिकटक चलाउन सक्ने छन् ।
कम्पनीका अनुसार फेमली फिचर सेवा सुरु गर्न टिकटकको सेटिङ एण्ड प्राइभेसी मेनुमा गई क्युआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ ।
एकपटक अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षा सम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्ने छन् ।
यो फिचरमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटलवेल–बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् ।
जहाँ अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभवअनुसार मिलाउन सक्ने छन् ।
जस्तै यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्ने जस्ता फिचरहरू रहेको कम्पनीले जनाएको छ ।
View : 31
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved