Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

विराटनगर । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेड टु ग्यालेक्सी अभियान सार्वजनिक गरेको छ । 

यस अभियानअन्तर्गत ग्राहकहरूले आफनो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।

अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज लाभांश विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । 

कम्पनीका अनुसार ग्राहकहरूले शून्य प्रतिशत डाउनपेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधासमेत पाउनेछन् ।

अभियानअन्तर्गत ग्राहकहरूले आफनो पुरानो डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रूपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । 

सामसंङले विभिन्न मोडेलमा निश्चित छुट तथा एक्सचेन्ज बोनससमेत उपलब्ध गराएको जनाएको छ ।  यस विशेष अफरसँगै एनसेलको बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ । 

यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ ।

View : 88

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved