Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राजस्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उद्‌घोष संवाददाता
२ चैत २०८२, सोमवार

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ । 

उनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम दाखिल गरी घुसको स्वरूप परिवर्तन गरेको दाबी अख्तियारले गरेको छ ।

उक्त रकम भक्तपुरको ठिमिस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ । 

आयोगले अधिकारीसहित घूस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाउँदै कानुनबमोजिम कारबाहीको माग गरेको छ ।

View : 30

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved