काठमाडौँ । देवानगन्ज घटनाको पाँचौं दिन गृहमन्त्री सुधन गुरुङ बल्ल सुनसरी जानुे भएका छन् । उक्त घटनामा घाइते थप एक युवकको मृत्यु भइसकेको र मधेस प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएपछि गृहमन्त्री गुरुङ पहिलो पटक सुनसरी जान लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेको जनाइएको छ ।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने तयारीमा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेको जनाइएको छ । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।
View : 43
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved