Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

महासंघको प्रदेश अधिवेशन बहिस्कार

उद्घोष सम्वाददाता
२० वैशाख २०८१, बिहिवार

विराटनगर । बुधबार आयोजना गरिएको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको तेस्रो अधिवेशन विभिन्न संघसंगठनका नेतासहित प्रदेश प्रतिनिधि परिषद सदस्यहरूले बहिस्कार गरेका छन् ।

मोरङ जिल्लाका कार्यवाहक अध्यक्ष तारा आचार्यलाई अधिवेशनमा प्रतिनिधि नबाएको विरोधमा उनीहरूले अधिवेशन बहिष्कार गरेका हुन् ।

यस्तै, नेपाल प्रेस युनियन मोरङका अध्यक्षसमेत रहेका प्रदेश परिषद् सदस्य वेदराज पौडेलले गणपुरक संख्या नपुगी बन्दसत्र सञ्चालन गरिएको भन्दै सुरुमै विरोध प्रकट गरे । उनले बन्दसत्रमा गणपुरक संख्यासमेत नपुगेको र मोरङ जिल्लाको अध्यक्षलाई प्रतिनिधि नबनाएकोमा विरोध जनाउँदै हल बहिष्कार गरेका थिए ।

उनको धारणापछि मोरङ जिल्लाका सबै प्रतिनिधिहरू बन्दसत्र छाडेर बाहिरिएका थिए ।

पौडेलले अधिवेशनलाई विधि बाहिर गएर अघि बढाएको भन्दै अधिवेशनको बैधता नभएको बताएका छन् । प्रदेश अधिवेशनमा महासंघ मोरङ जिल्ला शाखाकी कार्यवाहक अध्यक्ष तारा आचार्यलाई आमन्त्रण नगरिएको भन्दै मोरङका प्रदेश परिषद् सदस्यहरूले विरोध जनाउँदै आएका थिए ।

जिल्ला शाखाको विवादलाई समाधान गर्न कुनै पहल नगरी नेतृत्वले असक्षमता प्रदर्शन गर्दै अधिवेशनलाई अघि बढाइएपछि अधिकांश मोरङका प्रदेश परिषद् सदस्यहरू सुरुदेखि नै असन्तुष्ट थिए ।

View : 70

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved