विराटनगर । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितहरूको पुनस्र्थापना र राहतका लागि एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराएको छ ।
एबी ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक भीम घिमिरे र उनका परिवारका तर्फबाट उक्त रकम बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री राहत कोषको बैंक खातामा पठाइएको हो ।
बाढीबाट प्रभावित व्यक्तिहरूका लागि आवश्यक राहत सहयोग पुगोस् भनेर ग्रुपको तर्फबाट सहयोग गरिएको नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका भीम घिमिरेले जानकारी दिए ।
ग्रुपको तर्फबाट यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिमा सहयोग गर्दै आएको जनाइएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै घिमिरेले रकम सानो भए पनि बाढीपीडितलाई केही राहत पुग्ने र अन्य व्यक्ति तथा संस्थालाई समेत सहयोगका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने,– ‘विपत्तिको समयमा सवै सँगै मिलेर सकारात्मक प्रयास गर्न सकिन्छ भन्ने लागेर सहयोग गरेका हौं ।’
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved