Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेलद्वारा ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

उद्‌घोष संवाददाता
२४ मंसिर २०८२, बुधवार

काठमाडौं । एनसेलले सोमबारदेखि नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने नम्बर वितरण सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बर वितरण गर्न अनुमति दिएको हो ।

नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेशनल नम्बरिङ अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको जनाइएको छ ।

प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्न मोबाइल नम्बर अपुग भएकोले ९७१ को नयाँ नम्बर रेन्ज प्रदान गरिएको हो ।

‘बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं, आवश्यक तयारी पश्चात नयाँ नम्बर रेञ्जका नम्बरहरु वितरण थालिएको छ’ एनसेलका प्रमुख उपभोक्ता व्यापार अधिकृत उपङ दत्तले भने, ‘साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरु मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरूले उपझोक्ताका साथै सेवा प्रदायकहरूलाई समेत लाभ प्रदान गर्नेछ ।’

एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा अद्यावधिक गर्न बाँकी रहेको भए चाँडै गर्न समेत आग्रह गरेको छ । 

दूरसञ्चार सेवाहरूबाहेक विविध सेवा सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइनअप गर्न र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुने गर्दछ । 

एनसेलले सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भईरहेको अवस्थामा मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्वपूर्ण माध्यम बन्दै आएको छ ।

View : 229

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved