विराटनगर। विराटनगरस्थित एम्स कलेजमा अध्ययनरत बीबीएस, बीएस्सी सीएसआईटी तथा बीएचएम अन्तिम वर्षका विद्यार्थीलाई एक समारोहबीच विदाइ गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आफूले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई विद्यार्थीले व्यवहारिक रुपमा लैजान सकेमा मात्र वास्तविक रुपमा पढेको उपादेयता हुने बताए । सो अवसरमा हरिहर रिमाल, अजय चौधरी, आशिष अश्क र विमल चौधरीलाई उत्कृष्ट प्राध्यापक एवम् विमल नेपाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट विद्यार्थीका रुपमा धीरेन्द्र साह, अश्विन खातुन, सुनिता साह, प्रजित देवकोटा, सुजनकुमार सुनुवार र विवेककुमार कुशवाहलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका अध्यक्ष तुलसी पोखरेल, क्याम्पस प्रमुख शशांक पोखरेल, प्रवन्ध निर्देशक दीक्षान्त पोखरेल, कार्यकारी निर्देशक एवम् बीएससी सीएसआईटी संयोजक प्रशान्त पोखरेल, बीएचएम संयोजक राजकुमार कार्की, इन्द्रप्रसाद घिमिरे लगायतले विदाइ भएर जाने विद्यार्थीलाई उज्वल भविष्यको कामना गरेका थिए । सो अवसरमा विद्यार्थीले नृत्य तथा सांस्कृतिक प्रस्तुत गरेका थिए ।
View : 377
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved