Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

सन्दिप लामिछानेसहित विराटनगरका ६ खेलाडी ‘रिटेन’

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली क्रिकेटका स्टार बलर सन्दिप लामिछाने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पनि विराटनगर किंग्सबाटै खेल्ने भएका छन् । 

लामिछानेसहित विराटनगरले ६ जना खेलाडी रिटेन गर्दै उनीहरूसँगको सहकार्य लम्ब्याएको हो । 

एनपीएलको  तेस्रो सिजनका लागि विराटनगर किंग्सले कप्तान लामिछानेसहित ६ खेलाडी रिटेन गरेको जानकारी दिएको छ । यसको अर्थ यी ६ जनै खेलाडीले आउँदो संस्करण पनि विराटनगरबाटै खेल्नेछन् । 

विराटनगरका मार्की खेलाडी सन्दिप लामिछानेले एनपीएलको दुवै संस्करण  विराटनगरको कप्तानी गरेका थिए । 

विराटनगरले ओपनिङ ब्याटर लोकेश बमलाई टिममा राखेको छ । यस्तै अलराउन्डर बसिर अहमद र नारायण जोशी पनि रिटेन भएका छन् । यस्तै तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर सुवास भण्डारी पनि रिटेन भएका छन् ।   

विराटनगरले  अघिल्लो सिजनमा  अक्सनबाट लिएका सूर्य तामाङ, साहिल पटेल, श्रवन किस्कु, शंकर रानालाई भने रिलिज गरेको छ । अब उनीहरू अक्सनका लागि खुला भएका छन् । 

अघिल्लो सिजन रिटेन भएका नरेन भट्ट रिलिज हुँदा अक्सनबाट लिएका नारायण जोशी भने रिटेन भएका हुन् ।

View : 25

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved