Biratnagar, Morang, Nepal
३२ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आजदेखि भरी ग्यास सिलिण्डर वितरण

उद्‌घोष संवाददाता
३१ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल आयल निगमले आजदेखि देशभर १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर पुनः पूर्ण रूपमा भरेर बिक्री–वितरण गर्ने भएको छ । निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।

निगमका अनुसार हाल एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणाली सहज बन्दै गएको, भारतीय आयल निगमका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने लोडिङमा सुधार आएको र बजारमा ग्यासको उपलब्धता सामान्य बन्दै गएकाले यसअघि लागू गरिएको ७.१ केजी ग्यास भर्ने व्यवस्था हटाइएको हो ।

नयाँ व्यवस्थाअनुसार असार ३१ गतेदेखि उपभोक्ताले साविककै १४.२ केजी ग्यास भरिएको सिलिन्डर प्राप्त गर्नेछन् । 

पूर्ण भरिएको सिलिन्डरको मूल्य प्रतिगोटा रु २,०६० कायम गरिएको निगमले जनाएको छ ।

निगमले केही समयसम्म ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बजारमा देखिन सक्ने भएकाले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गर्न उपभोक्तालाई आग्रह गरेको छ । 

साथै, भारतबाट एलपी ग्यासको नियमित आयात भइरहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पनि अनुरोध गरेको छ ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved